जातीय विभेद गर्नेलाई तीन महिना जेल – Janadesh Daily | ePaper

जातीय विभेद गर्नेलाई तीन महिना जेल


गुल्मी ।

जातीय विभेदको मुद्दामा गुल्मी जिल्ला अदालतले एक व्यक्तिलाई तीन महिना जेल सजाय सुनाएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले कालीगण्डकी गाउँपालिका५ फोक्सिङका नेत्रबहादुर काउछा मगरलाई तीन महिना जेलमा राख्न आदेश दिएको हो ।

जेठ २३ गते मलामी गएर फर्कंदै गर्दा पानी परेपछि मगरको घरमा ओत लागेका स्थानीय श्याम परियारलाई मगरले घर ‘बिटुलो’ पारिदिएको भन्दै दुव्र्यवहार गरेका थिए ।

मगरले घर चोख्याउनुपर्ने भन्दै परियारलाई १५ सय रुपैयाँ जरिवानासमेत तिर्न लगाएको स्थानियले बताएका छन् । जातीय छुवाछुत गरेकोमा मगरलाई ३ महिना कैद, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने गरी फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्