सलहको दोस्रो लट नेपाल आउने तयारीमा – Janadesh Daily | ePaper

सलहको दोस्रो लट नेपाल आउने तयारीमा


जनादेश संवाददाता

काठमाडौं ।  असार १४ गते नेपाल छिरेका सलह बिस्तारै–बिस्तारै हराउँदै गएका छन् भने अर्को नयाँ झुण्ड छिर्ने तर्खरमा देखिएको छ ।

चितवन, पाल्पा, मकवानपुर, अर्घाखाँची जिल्लामा करौंडोको बालीनाली नष्ट गरेका किरा बिस्तारै आफैं हराएका छन् ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकाअनुसार पछिल्लो विवरणअनुसार हाल भारतको जयपुर र आगराको बीचमा पर्ने धौषा भन्ने स्थानमा देखिएका ५ वटा सलहका झुण्डहरु करिब ५२५ हेक्टर क्षेत्रफल साइजमा रहेका छन् ।

इरान तथा पाकिस्तान र अफ्रिकाबाट आएका झुण्डहरुमा मिसिएर राजस्थान र उत्तरी गुजरातमा वंशवृद्घि गरी जुलाइको अन्ततिर फेरि नयाँ पुस्ताका झुण्ड तयार हुनसक्ने अनुमान गरिएको छ । यसमध्ये केही झुण्ड नेपालका समथर भू–भाग र केही पहाडी क्षेत्रहरुसम्म पनि पुग्न सक्ने पूर्वानुमान एफएओको रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्