२ करोड ७ लाख ८५ हजार संक्रमणमुक्त
एजेन्सी ।
विश्वमा गत चौबीस घण्टामा २ लाख ७९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाख २८ हजार भन्दा बढी पुगेको छ । जसमध्ये ७२ लाख १९ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी कोरोनाका कारण गत चौबीस घण्टामा विश्वमा ४ हजार ९ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख २४ हजार नाघेको छ ।
कुन देशमा कति
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ३७ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ६६ लाख ७४ पुगेको छ ।
त्यहाँ २४ घण्टामा ६ सय ९९ भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ९८ हजार पुगेको छ ।
त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ९४ हजार बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ४७लाख ५१ हजार पुगेको छ ।
त्यहाँ चौबीस घण्टामा ११ सय भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ७८ हजार पुगेको छ ।
त्यस्तै ब्राजिलमा चौबीस घण्टामा ३१ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको संख्या ४३ लाख १५ हजार पुगेको छ ।
विश्वमा दुई करोड ७ लाख ८५ हजार मानिसले भने कोरोना जित्न सफल भएका छन् ।