भारतमा भयावहः हरेक दिन ९० हजार प्लसलाई संक्रमण, १ हजार प्लसको मृत्यु – Janadesh Daily | ePaper

भारतमा भयावहः हरेक दिन ९० हजार प्लसलाई संक्रमण, १ हजार प्लसको मृत्यु


एजेन्सी ।
भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा दैनिक सर्वाधिक रेकर्ड कायम हुने क्रम आजप्रयन्त जारी छ । गत चौबीस घण्टामा त्यहाँ ९४ हजार बिरामी थपिएका छन् ।

योसँगै भारतमा कुल संक्रमितको संख्या ४७लाख ५१ हजार पुगेको छ । त्यहाँ चौबीस घण्टामा ११ सय भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ७८ हजार पुगेको छ ।

भारतमा विगत २ सातायता निरन्तर संसारमै सर्वाधिक संक्रमितको संख्यामा रेकर्ड कायम भैरहेको छ । सबैभन्दा बढी संक्रमित रहेको भारतमा ३७ हजार विरामी थपिँदा चौबीस घण्टामा भारतको संख्या त्यसको झण्डै तीन गुना छ ।

तेश्रो स्थानमा रहेको ब्राजिलमा ३१ हजार बिरामी थपिएका छन् जुन् भारतको तुलनामा २ गुनाले कम हो ।

भारत अमेरिका पछि विश्वमै सर्वाधिक कोरोना संक्रमित भएको मुलुक हो । तर संक्रमित थपिने दरमा भने भारत विश्वमै पहिलो स्थानमा कायम छ ।

भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।

यो पनि हेर्नुस्- 

भारतमा भयावहः हरेक दिन ९० हजार प्लसलाई संक्रमण, १ हजार प्लसको मृत्यु

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्