प्रदेश नं.२ का मुख्यमन्त्री राउत र मन्त्रीहरुको राजीनामा माग – Janadesh Daily | ePaper

प्रदेश नं.२ का मुख्यमन्त्री राउत र मन्त्रीहरुको राजीनामा माग


जनादेश संवाददाता

जनकपुर । संसदीय दलको बैठकमा संघीय समाजवादी पार्टीका सभासदहरुले मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरुको राजीनामा माग उठाएकाछन् ।

जनकपुरस्थित मुख्यमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुले सरकार चलाउन नसकेको र बजेटलाई आफ्नो केन्द्रित गरेको भन्दै सांसदहरुले राजीनामा मागेका हुन् ।

संसदीय दलको बैठकमा सांसद पारस साह, करिमा बेगम, सञ्चमाया मोक्तान लगायतले सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका थिए ।

मन्त्रीहरुको कार्यशैलीप्रति उनीहरुले रोष प्रकट व्यक्त गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्