एजेन्सी ।
चीनले लद्दाख लगायतका सीमा विवाद सुल्झाउनका लागि दुई देशका विदेशमन्त्री तहमा भएको पाँच बुँदेमा प्रतिवद्ध रहन सुझाव दिएको छ । अन्तर्राष्ट्रिय मामिलामा चीनको मुख्य सन्देशवाहक मानिने ग्लोबल टाइम्सले सम्पादकीय मार्फत भारतलाई यस्तो सुझाव दिएको हो ।
दुई विदेशमन्त्रीको सहमतिले दुई तनाव बढाउनु दुई देशको हितामा नरहेको कुरालाई आत्मसाथ गरेको र सहमतिले दुई देशका नागरिकपनि पनि शान्तिको आशा बढाएको भन्दै ग्लोबल टाइम्सले यसको मर्मलाई आत्मसाथ गर्न भारतलाई आग्रह गरेको हो ।
सहमतिले दुई देशका सेना विवादित क्षेत्रबाट पछि हट्नुपर्ने र सहमति भएको क्षेत्रमा बसेर दूरी कायम गर्नुपर्ने कुरा उल्लेख गरेको भन्दै ग्लोबल टाइम्सले यसको कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।
चीनविरुद्ध घेरा बन्दी गर्ने अभियान अन्तर्गत अमेरिका, जापान र अष्ट्रेलियाले भारतलाई पनि मनाउन खोजिरहेको भन्दै ग्लोबल टाइम्सले यस्तो मोर्चावन्दीमा सामेल भएर दुई देशका नागरिकको हित विपरित काम नगर्न समेत सचेत गराएको छ ।
दुई दिन अघि मात्र भारत र चीनबीच उत्तरी लद्दाख क्षेत्रको सीमा विवादका कारण सिर्जित तनाव कम गर्न पाँच बुँदे सहमति भएको थियो । रुसको मस्कोमा आयोजित सांघाई सहयोग संगठन(एससीओ)को बैठकमा सहभागी हुन पुगेका भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकमा यस्तो सहमति भएको थियो ।
बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा सहमतिअनुसार दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन नेतृत्वको मार्गदर्शन लिने र आपसी असमझदारीलाई विवादमा परिणत हुन नदिन सहमति भएको उल्लेख छ । चिनियाँ विदेशमन्त्री यीले जबसम्म दुवै पक्ष सम्बन्धलाई सही दिशामा डोऱ्याइरहन्छन् त्यतिबेलासम्म जुनसुकै अप्ठ्यारा र चुनौतीलाई पार पाउन सकिने भनेका छन् ।
यो पनि पढ्नुस्-
कोरोनाबारे तपाइँले थाहा पाउनै पर्ने सम्पूर्ण कुरा ५ सय शब्दमा
भारतलाई चीनको चेतावनीः निहुँ खोज्दा महंगो मूल्य चुकाउनु पर्ला
लद्दाखमा यसरी भएको थियो चिनियाँ र भारतीय सैनिकको झडप (भिडियोसहित)