अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना सङ्क्रमण पुष्टि – Janadesh Daily | ePaper

अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना सङ्क्रमण पुष्टि


जनादेश संवाददाता
काठमाडौँ । भारतीय सिने जगतका हस्ती अमिताभ बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ बच्चनले ट्वीटमार्फत सो कुराको खुलासा गर्नुभएको हो ।


ट्वीटमा उहाँले आफूमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
तर उहाँका छोरा अभिषेक बच्चनले पनि केही बेरमा ट्वीट गरी आफू पनि सङ्क्रमित भएको जानकारी दिनुभएको छ ।
उहाँहरू दुवै जनालाई मुम्बइको नानावती अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उहाँमा सामान्य खालको लक्षण देखिएको जनाउनुभएको छ । अमिताभले उहाँसँग दश दिनअघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

बीबीसी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्