संसारभर आजसम्मः २ करोड ९४ लाख संक्रमित, ९ लाख ३२ हजारको मृत्यु – Janadesh Daily | ePaper

संसारभर आजसम्मः २ करोड ९४ लाख संक्रमित, ९ लाख ३२ हजारको मृत्यु


२ करोड १२ लाख संक्रमणमुक्त

एजेन्सी ।
विश्वमा गत चौबीस घण्टामा २ लाख ४० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९४ लाख ३३ हजार भन्दा बढी पुगेको छ । जसमध्ये ७२ लाख ३६ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी कोरोनाका कारण गत चौबीस घण्टामा विश्वमा ४ हजार ३ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ३२ हजार नाघेको छ ।

कुन देशमा कति
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ३७ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ६७ लाख ४८ हजार पुगेको छ ।

त्यहाँ २४ घण्टामा ४ सय ५२ भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ९८ हजार ९ सय भन्दा बढी पुगेको छ ।

त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ८० हजार बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ४९ लाख ३६ हजार पुगेको छ ।

त्यहाँ चौबीस घण्टामा १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ८० हजार पुगेको छ । त्यस्तै ब्राजिलमा चौबीस घण्टामा १९ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको स‌ंख्या ४३ लाख ४९ हजार पुगेको छ ।

विश्वमा दुई करोड १० लाख मानिसले भने कोरोना जित्न सफल भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्