कुलमानलाई नियुक्त नगरेपछि बाबुराम भट्टराईले सम्झाए लाटोबुंगोको कथा – Janadesh Daily | ePaper

कुलमानलाई नियुक्त नगरेपछि बाबुराम भट्टराईले सम्झाए लाटोबुंगोको कथा


जनादेश, काठमाडौं ।

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिने निर्णय नगरिएकोमा असन्तुष्टि जनाएका छन् । सरकारले जनताले माग गरेका कुरा नसुन्ने तर नगर्न भनेका काम चै गर्ने गरेको आरोप लगाएका उनले हुन् ।

‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो! ओली सरकार त्यसैको अवतार जस्तो छ। आम नागरिक/मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने, तिनलाई लाने भएछ, ‘तर लोडसेडिङ अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ! सेम!” सामाजिक सञ्जाल ट्वीटरमा डाक्टर भट्टराईले भनेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङका पक्षमा व्यापक सार्वजनिक दबाब भए पनि नगरेको तर प्रतिनिधिसभामा हारेका वामदेव गौतमलाई चाँहि राष्ट्रिय सभामा लैजाने निर्णय गरेको भन्दै बाबुरामले यस्तो टिप्पणी गरेका हुन्।

यो पनि हेर्नुस्- बालुवाटारको निशानामा नारायणकाजीः सूर्य थापाले फेसबुकबाट फेरि खोले फायर

 मन्त्रिपरिषद् बैठकः होस् भनिएको निर्णय भएन, नभए हुने ठानिएको भएरै छाड्यो

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्