पार्टीलाई विभाजन हुन दिइने छैनः नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड – Janadesh Daily | ePaper

पार्टीलाई विभाजन हुन दिइने छैनः नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड


जनादेश संवाददाता

चितवन । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन पुगेका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीलाई विभाजन हुन नदिने कुरा बताएकाछन् ।

अध्यक्ष प्रचण्डले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने बताए । र, यसका लागि नेतृत्वलाई खबरदारी गर्नसमेत उनले चितवनवासीलाई आग्रह गरे ।

मेरो तपाईं सबै कमरेडहरुलाई विनम्रतापूर्व आग्रह छ, म फेरि दोहोर्‍याउँछु, यो पार्टीलाई विभाजन हुन दिइने छैन ।

प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरे ।

चीनमा करोडौं सदस्य संख्या रहेको कम्युनष्टि पार्टी माओका पालादेखि सी जिनपिङका पालासम्म आइपुग्दा पनि एकढिक्का रहेको प्रचण्डले उदाहरण दिँदै भने, त्यति बिशाल पार्टी विभाजित नभइकन एकतावद्ध रहन सक्यो । अहिले सी जिनपिङको नेतृत्वमा हुँदा पनि पार्टी फुटेको छैन ।

https://www.onlinekhabar.com/wp-content/uploads/2020/07/Prachanda-chitawag.jpg

प्रचण्डले भने, हामी एकतावद्ध छौं । हामीले यो एकता सजिलै प्राप्त गरेको कुरा पनि होइन ।

यो एकतासम्म आउन हामीले धेरै ठूलो संघर्ष, धेरै ठूलो मेहनत, धेरै ठूलो बहस गरेका छौं ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्