कोरोना खोपबारे अमेरिकी राष्ट्रपतिको दाबी उनकै सरकारका अधिकारीद्वारा खारेज – Janadesh Daily | ePaper

कोरोना खोपबारे अमेरिकी राष्ट्रपतिको दाबी उनकै सरकारका अधिकारीद्वारा खारेज


एजेन्सी ।


अमेरिकामा कोरोना खोप उपलब्ध हुने समयबारे राष्ट्रपति डोनल्ड ट्रम्प र रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीका निर्देशक रोबर्ट रेडफिल्डबीच मत बाझिएको छ ।

राष्ट्रपति ट्रम्पले केही हप्तामै कोरोना खोप उपलब्ध हुने दाबी गरेको भएपनि सिडिसी निर्देशक रेडफिल्डले खोप आउन सन् २ हजार २१ को मध्यसम्म कुर्नुपर्ने बताएका छन् ।

सीडीसीका निर्देशक रेडफिल्डले ट्रम्पले गल्ती वा द्विविधामा परेर त्यस्तो भनेको हुन सक्ने बताए । पत्रकारसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले यथासक्य चाँडो अक्टोबरमा खोप घोषणा गर्न सक्ने बताएका थिए ।

नोभेम्बरमा तय भएको राष्ट्रपति निर्वाचन अगाडि नै खोप उपलब्ध गराउन ट्रम्प प्रयासरत छन् । उता आसन्न राष्ट्रपति पदमा ट्रम्पसँग प्रतिश्पर्धामा रहेका उम्मेदवार जो बाइडनले ट्रम्पमाथि चुनावी फाइदाका लागि कोरोना खोपलाई उपयोग गरेको आरोप लगाएका छन् ।

चाँडै नै खोप आउने ट्रम्पका भनाईमा अमेरिकी नागरिकको विश्वास नरहेको बाइडनको भनाइ छ । खोप विकास गर्न कैयौ वर्ष लाग्ने र खोप सफल हुने ग्यारेन्टी नभएको उनको भनाई छ ।

कोरोना संक्रमण तीब्र भएसँगै विश्वभर छिटो खोप निकाल्ने होडबाजी चलिरहेको छ । दर्जन भन्दा बढी कम्पनीले निर्माण गरेको खोपको अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यद्यपि खोप परीक्षणको प्रभावकारिता र सुरक्षामा सर्वत्र चासो रहेको छ ।

रुसले आफुले विकास गरेको कोरोना खोप स्पुतनिक भी परीक्षण सफल भएको दाबी गर्दै उत्पादनलाई तिब्रता दिएको बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्