भारतीय रक्षामन्त्री राजनाथ सिंहले झुट बोले- ग्लोबल टाइम्स – Janadesh Daily | ePaper

भारतीय रक्षामन्त्री राजनाथ सिंहले झुट बोले- ग्लोबल टाइम्स


एजेन्सी ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले १५ जुनमा गलवानमा भएको भिडन्तमा भारतीय सेनाले चिनियाँ सेनामा पनि हताहती गराएको भन्दै गरेको दाबीलाई चीनले खण्डन गरेको छ ।
भारतीय अति राष्ट्रवादी तत्वहरुलाई खुसी पार्न भारतीय रक्षामन्त्रीले झुट बोलेको ग्लोबल टाइम्सको आरोप छ । ग्लोबल टाइम्स चीनको विदेश मामिलामा मुख्य सन्देश वाहक पत्रिका मानिन्छ ।

१५ जुनको राति भएको गलवान भिडन्तमा २० भन्दा बढी भारतीय सैनिक मारिएका थिए । तर चीनतर्फ कुनै क्षति भएको विवरण सार्वजनिक भएको छैन । चीनले उक्त भिडन्तमा आफूतर्फ कुनै क्षति नभएको बताइसकेको छ ।

यो पनि हेर्नुस् लद्दाखमा यसरी भएको थियो चिनियाँ र भारतीय सैनिकको झडप (भिडियोसहित) 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदको माथिल्लो सदन राज्यसभामा विहीबार बोल्दै चीनले परम्परागत सीमा रेखालाई स्वीकार नगरेकोले मुद्दा अझै समाधान नभएको बताएका थिए ।

रक्षामन्त्री सिंहले चिनियाँ सैनिकलाई भारतीय सुरक्षाकर्मीले उचित जवाफ दिने गरेको दावी पनि गरेका थिए । गत जुन १५ तारिखमा गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकसँगै चिनियाँ पक्षले ठूलो क्षति ब्योहोरेको दाबी पनि उनको थियो ।

गत साता रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच ५ बुँदे सहमति भएपछि चीन र भारतबीच लद्दाख सीमा तनाब रोकिएको छ । गत एप्रिल यता बढेको सीमा विवाद अगष्ट महिनामा उत्कर्षमा पुगेको थियो । पछिल्लो जुहारीले तनाव पुरानै अवस्थामा फर्किने संकेत गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्