असारमा ९६ अर्ब राजश्व सङ्कलन – Janadesh Daily | ePaper

असारमा ९६ अर्ब राजश्व सङ्कलन


जनादेश संवाददाता

काठमाण्डौ । असारमा राजश्व सङ्कलन बढेको छ । करिब तीन महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकैपटक तिरेपछि राजश्व संकलन बढेको हो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजश्व सङ्कलन उल्लेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्षको असार एकदेखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको थियो । तर, यो आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ सङ्कलन भएको छ ।
आर्थिक वर्ष सकिन दुई दिन बाँकी छ । २७ गतेसम्मको राजश्व सङ्कलनको अवस्था हेर्दा यो आर्थिक वर्षमा पोहोरकै हाराहारीमा राजश्व उठ्ने अनुमान गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्