फेरि नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम – Janadesh Daily | ePaper

फेरि नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम


चन्द्रप्रकाश नेपाली

घोराही । भारत हुँदै नेपाल आएको सलहको अर्को झुण्डले धेरै नोक्सानी नगर्ने विज्ञले बताएका छन । प्यूठान, अर्घाआँची लगायतका जिल्लामा केही नोक्सानी गर्न सक्ने भए पनि अहिले पानी परिरहेकाले धेरै क्षति भने नहुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताउनुभयो ।
तर सावधानी भने अपनाउन उहाँले आग्रह गर्नुभएको छ । झण्डै १० देखि १२ लाखको संख्यामा आएका सलहको झुण्ड हिजो बेलुका प्यूठानमा रहेका र केही ठाउँमा नोक्सानी गरेको खबर आएको उहाँले बताउनुभयो ।
अहिले हावाको गति पूवोत्तर दिशामा रहेकाले भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हुमागाईंले बताउनुभयो । अझै केही सख्यामा नेपाल आउने सम्भावना कायमै रहेको उहाँको भनाई छ ।
भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकाबाट अस्ति नेपाल आएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्