सरकारको यातायात व्यवसायीलाई सार्वजनिक गाडी चलाउन आग्रह – Janadesh Daily | ePaper

सरकारको यातायात व्यवसायीलाई सार्वजनिक गाडी चलाउन आग्रह


जनादेश संवाददाता
काठमाण्डौ । सरकारले यातायात व्यवसायीलाई सार्वजनिक गाडी चलाउन आग्रह गरेको छ ।

आन्दोलनका बेलामा जस्तो विभिन्न माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गर्ने बेला नभएको सरकारले स्पष्ट पारेको छ ।


साथै सरकारले यातायात व्यवसायीका सबै माग पूरा गर्न सकिन्छ कि सकिंदैन भन्नेतर्फ पनि विचार गर्न आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले विभिन्न माग राखेर गाडी चलाउँदैनौ भन्नु व्यवहारिक नहुने बताउनुभयो ।

सरकारले सबै क्षेत्रका व्यवसायीहरुलाई समान व्यवहार गर्ने भएकाले अरु क्षेत्र खोलिसक्दा यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै सञ्चालन गर्न भन्न नहुने मन्त्री नेम्बाङको भनाई छ । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको चार दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् ।

विभिन्न माग राख्दै यातायात व्यवसायीले मन्त्री नेम्बाङलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । यातायात व्यवसायीहरुले आफूहरुसँग कुनै छलफल नगरी सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारको सहयोग बिना गाडी चलाउन नसकिने बताउनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्