८५ बिघा क्षेत्रफलमा दाङकै ठूलो रंगशाला बन्दै – Janadesh Daily | ePaper

८५ बिघा क्षेत्रफलमा दाङकै ठूलो रंगशाला बन्दै


चन्द्रप्रकाश नेपाली

घोराही। घोराही उपमहानगरपालिका वडा नम्बर १६ को करौती डाँडामा दाङकै ठूलो तथा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने भएको छ । झण्डै ८५ बिघा क्षेत्रफलमानिर्माण हुने यो परियोजनाको कुल लागत झण्डै तीन अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि सरोकारवालाबीच घोराहीमा भएको छलफलमा निर्माण हुन लागेको नेत्रलाल अभागी रंगशाला प्रदेश सरकारको गौरवको योजनामा परेको जानकारी गराइएको थियो ।

घोराहीमा भएको छलफलका सहभागीहरुले विस्तृत परियोजना प्रतिवेदनमा फुटबल मैदानसहितको बहुउद्देश्यीय रंशाला निर्माणको लागत दुई अर्ब ४८ करोड ५५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरका खेलकुद आयोजनासमेत गर्न सक्ने गरी निर्माण गर्न लागिएको रंगशालामा आउट डोर र इन्डोर खेल हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।अत्याधुनिक पार्क, चमेना गृह, प्रशासनिक भवनलगायत ड्रेसिङ रूमसहितको एकीकृत रुपमा बनाउन लागिएको यो बहुउद्देश्यीय रंगशालामा २५ हजार दर्शक क्षमताको अत्याधुनिक फुटबल मैदान पनि हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

स्विमिङ पुल, कभर्ड हल, जीम, एथ्लेटिक्सलगायतको पूर्वाधार पनि त्यही बनाउने तयारी भएको छ । प्रदेश सरकारले यो परियोजनाको लागि चालु आर्थिक बर्षका लाष् ि७ करोड रुपैयाँ विनियोजन गरेको छ ।विक्रम सम्बत २०८० सम्ममा रंगशालाको निर्माण सक्ने लक्ष्य लिइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्