काउलेमा १ हजार ८ सय चिउरी रोपियो – Janadesh Daily | ePaper

काउलेमा १ हजार ८ सय चिउरी रोपियो


चन्द्रप्रकाश नेपाली
घोराही । घोराही उपमहामनगरपालिका वडा नम्बर १ र बंगलाचुली गाउँपालिकाको सिमाना क्षेत्र काउले डाँडालाई चिउरीको बगान बगाउने गरि बृक्षारोपण थालिएको छ ।

ऐतिहासिक महत्व बोकेको गडी लेखको काखमा रहेको काउले डाँडाको खाली वन क्षेत्रमा बहुउपयोगी चिउरीको उद्यान बनाइ पर्यटकीय स्थल बनाउने योजनाका साथ काम शुरु गरिएको हो ।

त्यस क्षेत्रलाई चिउरीको बगानमा बिकास गरी आन्तरिक पर्यटक बढाउने गरी काम अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभएको छ ।

चिउरी बगान बनाउनडिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सीमानामा रहेको काउलेडाडाँको करिव ५ हेक्टर वन क्षेत्रमा तारबार सहित एक हजार आठ सय चिउरीका बिरुवा रोपेको छ ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र डिभिजनल प्रमुख ज्ञवालीले आज चिउरी बिरुवा रोपेर काउलेको डाँडालाई चिउरी बगाउन बनाउने अभियानको सुरुवात गर्नुभएको छ ।

चिउरीको बगान बनाइएपछि पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्नेसगै माहुरी चरण क्षेत्र, हरियाली, डालेघाँस र वनस्पती ध्यूमा समेत प्रयोग गर्ने सकिने बहुउपयोगी अभियानमा डिभिजन वन कार्यालयले स्थानीयलाई सहयोग गर्ने भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्