ठूला नेतालाई झापड हान्न आएकी हुँ भन्दै पेरिसडाँडा पुगेकी खड्का पक्राउ – Janadesh Daily | ePaper

ठूला नेतालाई झापड हान्न आएकी हुँ भन्दै पेरिसडाँडा पुगेकी खड्का पक्राउ


जनादेश, काठमाडौँ ।

पेरिसडाँडा पुगेर ठूला नेतालाई झापड हान्न आएकी हुँ भन्ने महिलालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाकी बालिका खड्का रहेकी छन् ।

यसअघि ती महिलाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान रहेको भन्दै अंश माग गरी मुद्दा दायर गरेकी थिईन् । बालिकाले केही दिन अघि मात्र काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी छन् । बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी बालिकालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्