प्रहरी कार्यालय मै घुस दिने प्रयास, साढे एक लाख रुपैयाँ सहित दुई जना पक्राउ – Janadesh Daily | ePaper

प्रहरी कार्यालय मै घुस दिने प्रयास, साढे एक लाख रुपैयाँ सहित दुई जना पक्राउ


जनादेश संवाददाता

घोराही । दाङमा प्रहरीलाई घुस रकम दिन खोज्ने दुई जना पक्राउ परेका छन् । लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्धा मिलाई दिन भन्दै एक लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उहाँकै कार्यकक्षमा भेट गरी खत्रीको लागु औषध मुद्धा मिलाई दिन भन्दै जवरजस्ती रकम दिन खोजेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १८ सुपैलाखुटीका २७ बर्षिय गोविन्द शाह र प्युठान स्वर्गद्धारी नगरपालिका ५ भिंग्री स्थायी ठेगाना भई हाल लमही नगरपालिका ५ लमही बजार बस्ने ३० बर्षिय समिर भण्डारी रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्