यूएईबाट फर्किन चाहने झन्डै ४५ हजार – Janadesh Daily | ePaper

यूएईबाट फर्किन चाहने झन्डै ४५ हजार


जनादेश संवाददाता

काठमाण्डौ । । संयुक्त अरब एमिरेट्स यूएईबाट नेपाल फर्किन चाहनेको सङ्ख्या ४५ हजार पुगेको छ ।

कोरोनाको कारण जागिर गुमाएका, रोजगारदाता भागेपछि अलपत्र परेका, अध्ययन तथा घुम्न आएका गरी झण्डै ४५ हजार जनाले स्वदेश फर्कनका लागि आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् ।

दूतावासले पछिल्लो पटक तेस्रो चरणमा ३८ हजार ९ सय ९१ जनाको नामावली सार्वजनिक गरेको छ । यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो । दूतावासले ४ सय १० जनालाई पहिलो प्राथममिकतामा राखेर १७ हजार ३ सय ७५ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको थियो ।

आबुधावीमा रहेको नेपाली दूतावासले सूचना निकालेर अहिलेसम्म ५ हजार ८ सय ५९ जना नेपाल फर्किएको जनाएको छ । दुई चरणमा गरेर ३५ वटा उडान भएका छन् । दुई चरणमा गरी भएका ३५ उडानमार्फत प्राथमिकतामा परेका नेपाली स्वदेश फर्किएका छन् ।
गएको अप्रिल २८ देखि नेपाल फर्किन चाहनेका लागि दूतावासले अनलाइन फारम भरेर आफ्नो विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरेको थियो ।

तर पछिल्लो समय यूएईको अवस्था सुधार हुँदै गएको र नेपालमा कोरोनाको सङ्क्रमण बढेकाले यसअघि फर्किन चाहनेले पनि अहिले नफर्किने निर्णय गर्न थालेको दूतावासले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्