आइपिएलः दोश्रो खेलमा चेन्नाइ पराजित, राजस्थानको सुखद् सुरुवात – Janadesh Daily | ePaper

आइपिएलः दोश्रो खेलमा चेन्नाइ पराजित, राजस्थानको सुखद् सुरुवात


एजेन्सी ।

इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटको तेश्रो दिनको खेलमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा मुम्बाइ इण्डियन्सलाई पराजित गरेको चेन्नाइ मंगलबार राति राजस्थानसँग १६ रनले पराजित हुन पुग्यो ।

सारजाहमा क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको उच्च लक्ष्य पच्छ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सकेको थियो ।

चेन्नईका फाप डु प्लेसिसीले ३७ बलमा ७२ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । शेन वाटसनले ३३ तथा केदार जादबले २२ रनको योगदान दिएका थिए ।

कप्तान महेन्द्र सिंह धोनी २० रनमा नटआउट रहे ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

राजस्थानको उच्च स्कोर बनाउने क्रममा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले । सामसनले ३२ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले । स्मिथले ४७ बलमा ६९ रन बनाए ।

यस्तै जोफ्रा आर्चरले अविजित २७ रन जोड्दा टम करनले अविजित १० रन जोडे । चेन्नईका लागि साम करनले ३ विकेट लिए । यस्तै दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए ।

जितसँगै राजस्थानले २ अंक जोडेको छ । चेन्नईले भने पहिलो हार व्यहोरेको छ । पहिलो खेलमा चेन्नईले साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो ।

आइपिएलमा आज मुम्बाइ इण्डियन्सले दोश्रो खेल खेल्ने छ भने उसको सामना यो सिजनको पहिलो खेल खेल्दै कोलकाता नाइट राइडर्सले गर्ने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्