कवि हितप्रसाद उपाध्यायका बारेमा – Janadesh Daily | ePaper

कवि हितप्रसाद उपाध्यायका बारेमा


पूर्वसभासदः सम्झना बि.क.

कवि हितप्रसाद उपाध्यायका झन्डै समवयी ८६ वर्षीय गुणराज सुवेदीले हितप्रसाद उपाध्यायद्वारा लिखित तर हाल अप्राप्य ‘थीर बम’ महाकाव्यका कण्ठस्थ केही श्लोक सुनाएर नेपाली साहित्यमा ठूलो गुन (गुण) लगाउनुभयो ।

नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीको समेत सहभागितामा २००७ सालमा भएको राणाशासनविरोधी विद्रोहमा वीरगन्ज मोर्चा समाल्ने मुक्ति सेनाका कमान्डर थीर बम मल्ललाई नायक (अभिमन्यु) का रूपमा चित्रण गरेर लेखिएको उक्त महाकाव्यमा काङ्ग्रेस नेताहरू गणेशमान, बीपी, सुवर्णहरूलाई महाभारत युद्धका भीष्म, पितामह, द्रोणाचार्य, अस्वत्थामा, युधिष्ठिरलगायत सत्पात्र र राणाशासकहरूलाई शकुनी, दुर्याेधन, कंश, दुःशासनलगायत खलपात्रका रूपमा चित्रण गरिएको उक्त महाकाव्यको गहन अध्ययन गरेका नवराज सुवेदी, गुणराज सुवेदीलगायत अध्येताहरू बताउँछन् ।

स्मरणीय छ, कवि हितप्रसाद उपाध्याय राणशासनविरुद्धको विद्रोहमा पहिला मुक्ति सेना र पछि रक्षा दलका योद्धा हुनुहुन्थ्यो ।उक्त महाकाव्यको पाण्डुलिपिको खोजी जारी छ र भेट्ने व्यक्तिलाई २५ हजार इनामसमेत घोषणा गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्