अमेरिकी उच्च अधिकारीमाथि चीनमा प्रतिबन्ध किन ? – Janadesh Daily | ePaper

अमेरिकी उच्च अधिकारीमाथि चीनमा प्रतिबन्ध किन ?


अमेरिकी उच्च अधिकारीमाथि चीनले प्रतिबन्ध लगायो

एजेन्सी

बेइजिङ । चीन र अमेरिकाबीच दुश्मनी बढिरहँदा चीनले केही अमेरिकी उच्च अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ ।

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहित अरु केही अधिकारीहरुलाई चीनले प्रवेश गर्न नदिने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सोमबार पत्रकारहरुमाझ यसबारे जानकारी दिएकी हुन् । उनले विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएको प्रतिक्रिया दिएकी थिइन् ।

अमेरिकाले पनि यसअघि चिनियाँ नेताहरुमाथि प्रतिबन्ध लगाएको थियो । चीनले त्यसको प्रतिक्रियाको रुपमा अमेरिकी अधिकारीहरुलाई रोक लगाएको हो । चीनमा मुस्लिम समुदायको बारेमा तथा तिब्बतको बारेमा अमेरिकाले बारम्बार मुद्दा उठाउने गरेको छ । चीनले भने ती सबै चीनको आन्तरिक मामिला भएको भन्दै चासो नराख्न चेतावनी दिने गरेको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच ताइवान र हङकङको विषयलाई लिएर तनाब बढेको छ । अमेरिकाले हङकङमा चीनले लागु गरेको सुरक्षा कानुनको विरोध जनाउँदै आएको छ ।

यसवाहेक कोरोनाभाइरसका कारण पनि अमेरिका र चीनबीच तनाब कायम छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्