सदरमुकाम रुकुमकोटमा थप एक सातालाई निषेधाज्ञा – Janadesh Daily | ePaper

सदरमुकाम रुकुमकोटमा थप एक सातालाई निषेधाज्ञा


रुकुमकोट ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा कोरोना संक्रमितको संख्यामा बढ्दै गएपछी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राइको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकाम रहेको सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा गएराती १२ बजेदेखि लागु हुने गरी असोज १३ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको हो ।

दुई दिनमा जिल्लाका ३५ जनामा कोरोना देखिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको प्रजिअ राइले बताउनुभएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै थप संक्रमणको जोखिमबाट बच्न चहलपहल धेरै हुने सदरमुकामका दुई वडामा निषेधाज्ञा जारी गरिएको प्रजिअ राइको भनाई छ ।।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्