अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन – Janadesh Daily | ePaper

अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन


काठमाडौँ ।

गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ ।

तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै मातहतका निकायमार्फत त्यस्ता गतिविधि विरुद्ध आवश्यक कारबाही अघि बढाउन र त्यसको कार्यप्रगति मन्त्रालयमा पठाउन भनेको छ । समाजमा घट्न सक्ने कुनै पनि घटनाका सम्बन्धमा पूर्व सूचना लिई अवाञ्छित गतिविधि हुन नदिन र घटना घटेमा तथ्यगत विष्लेषण गरी कानुन अनुसार कारवाही गर्न, दण्डनीय हुने फौजदारी कसुरका विषयमा मेलमिलाप नगराउन तथा प्रहरी कार्यालयमा कुनै छलफल र पञ्चायती नगर्न समेत भनेको छ ।

परम्पराको नाममा हुने अन्धविश्वास, रुढीबादी संस्कृतिका विरुद्धमा स्थानीय न्यायिक समिति, सम्बन्धित निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी वृहत सचेतना अभियान सञ्चालन गर्नसमेत मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्