देशभर थपिए ११६ जना कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा थप ३४ जना डिस्चार्ज – Janadesh Daily | ePaper

देशभर थपिए ११६ जना कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा थप ३४ जना डिस्चार्ज


जनादेश संवाददाता

काठमाडौँ । नेपालमा आज १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ४ हजार ३ सय ११ जनाको पिसिआर परिक्षण गर्दा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योेसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ । कुल संक्रमितमध्ये अहिले ६ हजार ६ सय ९५ जना उपचाररत रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा ३४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ जना पुगेको डा. गौतमले बताउनुभयो ।

नेपालमा अहिलेसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पिसिआर मार्फत कोरोना जाँच भएको छ । अहिले क्वारेन्टाईनमा २४ हजार ७ सय १६ र आइसोलेसनमा ६ हजार ६ सय ९५ जना रहेको मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्