जिरुउडको गोलमा चेल्सीको साँघुरो जित – Janadesh Daily | ePaper

जिरुउडको गोलमा चेल्सीको साँघुरो जित


एजेन्सी फ्रेन्च फरवार्ड ओलिभर जिरुउडले पहिलो हाफको अन्त्यतिर गरेको गोल निर्णायक बन्दा लन्डन क्लब चेल्सीले रेलिगेसनमा परेको नर्विच सिटीमाथि साँघुरो जित हात पारेको छ । घरेलु मैदानमा चेल्सीले नर्विचमाथि १–० को कठिन जित हात पारेको हो ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा बल पोजेसनमा पकड जमाएपनि चेल्सीको २०औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । जिरुउडको प्रहारलाई नर्विचका गोलरक्षकटिम क्रुलले बचाएका थिए । २७औं मिनेटमा मार्काेस अलन्सोको क्रसमा क्रिस्टियन पुलिसिसको प्रहारलाई गोलरक्षक क्रुलले नै नियन्त्रणमा लिएका थिए ।

३६औं मिनेटमा एन्टेनियो रुडिगरको क्रसमा पुसिसिसको प्रहार गोलरक्षक क्रुलले थोरै छुदै क्रसबारमा लाग्दै बाहिरिदा चेल्सी अग्रता लिनबाट चुकेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

६६औं मिनेटमा चेल्सीका कप्तान सिसर एज्पिलिक्वेटाले अलन्सोको लो क्रस पासमा २५ यार्डबाट गरेको प्रहारमा क्रुल नै बाधक बने । त्यसपछि ७५औं मिनेटमा पुलिसिस र सेसरको प्रहारमा गोलरक्षक क्रुल नै बाधक बन्दा चेल्सीले अग्रता बढाउने अवसर गुमायो । त्यसपछि थप गोल निस्कन नसक्दा जिरुउडको त्यही गोल नै चेल्सीको महत्वपुर्ण जितमा निर्णायक बन्यो ।

जितसँगै चेल्सीले यो सिजन शीर्ष चारमा रहेर अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलबाट ६३ अंक पुगेको छ । जुन चौथो र पाँचौ स्थानको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भन्दा ४ अंकले बढी हो । यद्दपि यि दुई टोल्ीले एक खेल कम खेलेका छन् । नर्विच २१ अंक जोडेर पुछारमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्