एजेन्सी ।
इंग्लिस प्रिमियर लीग फुटबलमा आज चार खेल हुँदैछन । आजको खेलमा चेल्सी, म्यानचेस्टर युनाइटेड, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् । चेल्सीले सिजनको तेस्रो खेलमा वेस्ट ब्रुमसँग खेल्दैछ ।
वेस्ट ब्रुमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ । वेस्ट ब्रुमविरुद्ध मैदान उत्रदा चेल्सी दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने घरेलु मैदानमा चेल्सीलाई हराएर वेस्ट ब्रुम पहिलो जित निकाल्ने दाउमा रहनेछ । त्यस्तै म्याचेस्टर युनाइटेडले सिजनको दोस्रो खेलमा ब्राइटनसँग खेल्नेछ ।
ब्राइटनको मैदानमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध युनाइटेड जित निकाल्ने लक्ष्यमा हुनेछ । ब्राइटन भने दोस्रो जितको खोजीमा हुनेछ । यस्तै एभर्टनले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
एभर्टन लगातार तेस्रो जितको खोजीमा हुनेछ । अर्को खेलमा साउथह्याम्पटनले बर्नलीसँग खेल्नेछ ।