कविताः ए, महासय ! – Janadesh Daily | ePaper

कविताः ए, महासय !


✍️ सम्झना बि.क., दाड. ।

ए, महासय !

हामी कुन धरातलमा छौ
हाम्रो एथार्थ केहो
वीर बलभद्रहरुको इतिहास खै
दसरथ चन्द्रहरुको रगतले
के भन्दै छ
नालापानी किल्लाका
विरका विरताले गिज्याइ
रहेकोछ
हामीलाइ स्विजरल्यान्ड
चाहियको छैन

महासय
नेपाली हुनुमै गर्भ छ
आफ्नै भासा
आफ्नै सस्कारमा
रमाउनुको
छुट्टै अर्थ छ
सस्तो मुल्यमा पराइको देशमा
श्रम बेचेर रमाउनु भन्दा
आफ्नै पाखा र काल्नोमा
पसिना बगाउदै कमाउनु
कति सार्थक छ

ए महासय !
नेपाल के हो
नेपाली को हुन
धनी देशका
गरिब किन बनाउछौ
बस चडने पैसा छैन
रेलको कुरा किन सुनाउछौ
रोग र भोक सङ त
लडेकैछौ अझै हाम्रो
टाउकोमा रिण किन खनाउछौ
निमुखाहरु कति दिन
ताली बजाएर बस्नसक्छ्न
तिम्रो खोक्रो आश्वासन सुन्दै
रामराम भन्दै
भोकको खडेरी परि सक्यो
बेथिति ले सिमा नागी सक्यो
हत्या हिम्सा र बलात्कार
सङ्ख्यामा गन्न नसकिने भयो
बेरोजगारीले
युवाहरू डिप्रेसनको
सिकार बनिसके
माफ गर महासय
ताली पिटने हातहरु
अब मसला समाउने छन
माला पहिराउनेमनहरु
अब बिद्रोह बोल्ने छन
तिम्रो स्वर्गमा भुकम्प को
खतरा बढदै छ
तेसैले भोकाहरुलाइ बन्दक बनाउ
बेरोजगारहरुको मुखमा
चुकुन लागाउ
नाङ्गाहरुलाइ डन्डा बर्साउ
देशमा भए गाँस बाँस
कपास माग्छ्न
हातमा पासपोर्ट थमाउदै
बिदेश भगाउ
हो, महासय !
तिम्रो औकात यहि हो
यस्तै यस्तै गर्दै प्रभु रिजाउ !

# ९, असोज २०७७

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्