ब्राजिली युवा स्टार बार्सिलोनामा अनुबन्धित – Janadesh Daily | ePaper

ब्राजिली युवा स्टार बार्सिलोनामा अनुबन्धित


एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिल तथा ब्राजिली क्लब साओ पाउलोका युवा स्टार गुस्ताभो माइआलाई अनुबन्ध गरेको छ । १९ वर्षे युवा स्टार गुस्ताभोलाई बार्सिलोनाले ४.१ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

गत जनवरीमा भएको साओ युथ फुटबल कपमा उत्कृष्ट प्रदर्शन गरेपछि गुस्ताभोमाथि बार्सिलोनासँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएको थियो । तर, बार्सिलोनाले उनलाई अनुबन्ध गर्दै बाजी मारेको हो ।

ग्लोबोस्पोर्ट्सका अनुसार यि ब्राजिली विंगरलाई सम्झौता गरिसकेको छ । साओ पाउलोका सिनियर टोलीबाट खेलि नसकेका कारण गुस्ताभोको स्थानान्तरण पुरा गर्न थप ३.२ मिलियन पाउन्ड तिरेको हो ।

यो सम्झौतासँगै बार्सिलोनाले गुस्ताभोमाथि ७० प्रतिशत तथा साओ पाउलोले ३० प्रतिशत हिस्सेदारी कायम गर्नेछन् । फिनिसिङको उत्कृष्ट कला रहेको माइआले युरोपमा स्थानान्तरण हुनुअघि ब्राजिलमै कुनै व्यवसायिक खेल खेलेका छैनन् । तर, १९ वर्षे फरवार्डले साओ पाउलोका युथ टिमका साथै ब्राजिलको यु–१६ र यु–१७ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

१४ वर्षको उमेरमा साओ पाउलोमा अनुबन्धित भएका गुस्ताभोले साओपाउलोको युथ टिमबाट २०१८ सम्म ३६ गोल र त्यसपछि २१ गोल थपेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्