सेनाले ग¥यो कङ्गो घटनाबारे छानबिन शुरु – Janadesh Daily | ePaper

सेनाले ग¥यो कङ्गो घटनाबारे छानबिन शुरु


काठमाडौँ ।

नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन शुरु गरेको छ ।

शान्ति स्थापनार्थ त्यहाँ तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृत छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सेनाले बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको जानकारी दिइएको छ ।

अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्