एक लाख टिमुरका विरुवा रोपिदै, बंगलाचुलीबाट रोपण सुरु – Janadesh Daily | ePaper

एक लाख टिमुरका विरुवा रोपिदै, बंगलाचुलीबाट रोपण सुरु


जनादेश संवाददाता

घोराही । दाङमा एक लाख टिमुरका विरुवा रोप्ने लक्ष्य लिएको वन कार्यालयले बंगलाचुलीमा विरुवा विरतण थालेको छ । टिमुर रोपण महाअभियान अन्र्तगत दाङमा एक लाख टिमुर रोप्ने लक्ष्य लिएकोमा जुम्लेपानी सामुदायिक वन समुहले उत्पादन गरेका १२ हजार विरुवा वितरण गरिएको हो ।

पहाडि क्षेत्रमा टिमुर खेतीको सम्भावना रहेकाले स्थानियहरुलाई टिमुर खेती मार्फत रोजगारी सृजना गर्ने उदेश्य रहेको सव डिभिजन वन कार्यालयकासहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिनुभयो ।

विरुवा वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्तवहादुर वलीले टिमुर खेतीमा किसानलाई आकर्षित बनाउने रबंगलाचुलीलाई टिमुरको हब बनाउने उदेश्य रहेको बताउनुभयो ।

यस वर्ष बंगलाचुली लगायत घोराहीको सैघा, तुलसीपुरको छिल्लीकोट, प्रतापकोट लगाएत उत्तरी महाभारत क्षेत्रका किसानलाई निशुल्क रुपमा टिमुरको विरुवा उपलव्ध गराउने रहेको कार्यक्रम रहेकोडिभिजन वन कार्यालय दाङले जनाएको छ ।

टिमुरको मूल्य राम्रो रहेकाले किसानलाई त्यस तर्फ आकर्षित गराउने उदेश्यका साथ सम्भावित भूगोलमा यस बर्ष एक लाख टिमुरका विरुवा रोप्ने डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्