घनश्याम भुषालसँग जोडिएका केही सवाल र जवाफ – Janadesh Daily | ePaper

घनश्याम भुषालसँग जोडिएका केही सवाल र जवाफ


-चन्द्र गिरी ।

कृषि मन्त्री घनश्याम भुषालले आफैले छाता ओडेको र सहयोगीले छाता ओडाएको दुई प्रकारका फोटाहरु यो हप्ता सार्वजनिक भए । जसमा नकारात्मक ग्रन्थीभएका मित्रहरुलाई घनश्यामलाई छाता ओडाएको विषय मात्र प्रमुख बन्यो ।

नेकपाभित्रका नेताहरुमा गहिरो अध्ययन , सरल र सादा जिवन अपनाउँदै आएका भुषालप्रति सहानुभूति राख्नेहरुले मन्त्री भएपछि उनको छवि खस्कने चिन्ता गर्दै सरकारमा नजान सुझाव दिएको सन्दर्भमा उनी कृषि मन्त्री भए, सबैभन्दा कान्छो मन्त्रीको रुपमा ।

भर्खरै मन्त्री बनेका भुषाल कृषि क्षेत्रमा दलालले कसरी देशलाई परनिर्भर बनाए भनेर अध्ययनको चरणमा हुनुपर्दछ । कोरोनाको कारण देखाएर नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीसहितका ठेकेदारले समयमै मल आपूर्ती गर्न सकेनन् । यद्यपी यसलाई भुषालले विभागीय मन्त्रीको तर्फबाट कमजोरी स्वीकारेका छन् ।

ब्रोकर(दलाल)हरुको सीएम(प्रचण्ड) र पीएम(ओली)सँग सोझै पहुँच भएको अवस्थामा शारदाप्रसादलाई कारबाहीको प्रक्रिया अगाडि बढाएर कालो सूचिमा राख्ने हिम्मत गरेर मन्त्री भुषालले ठूलै जोखिम मोलेका हुन । गृहमन्त्री रामबहादुर थापाले ठेकेदारहरुले समयमा काम नगर्दा कारबाही बढाए तर ब्रोकरले सीएम र पीएममार्फत गृहमन्त्री फेर्न लागेका थिए । जसको कारण थापाले प्रधानमन्त्रीको लाइनमा समर्थन गरेर गृहमन्त्री पद जोगाए् ।

ब्रोकरको बोलवाला भएको देशमा एउटा मन्त्रीले चाहेर मात्र केही हुँदैन भन्ने कुराको उद्यारण थापा हुन् । भुषाल के गर्लान हेर्न बाँकी नै छ । प्रधानमन्त्री हाबी हुने नेपालको राजनीतिक प्रणालीमा कोही पनि मन्त्री सफल हुन प्रम ओली र उनको टीमसँग स्पष्टसँग लाइन मिलेको हुनुपर्दछ । नत्र भने त अर्थमन्त्रीले समेत कृषि क्षेत्रमा बजेट कटाउने रहेछन् ।

भारतलाई खाद्यन्न निर्यात गर्ने कृषि प्रधान मुलुक नेपाल आज कसरी प्याज, खोर्सानी, चामल र तरकारीमा समेत भारतनिर्भर भएर भान्सा सम्म विष पुर्याउने काम भयो ? विदेशबाट मल समयमा किन्न सक्ने मन्त्रीलाई सफल ठान्ने मानक कसरी बनाइयो ? नेपालमै मल उत्पान केन्द्र स्थापना गर्न कसले रोक्यो ? यसको उत्तर दिएर भुषालले नीति तथा कार्यक्रम नल्याउँदासम्म अहिले नै उनको आलोचना गर्नु हतार हुनेछ ।

मन्त्री भुषालका आगामी दिनका नीति तथा कार्यक्रमको कम्तिमा १ वर्षसम्म अध्ययन गरेर मात्र रचनात्मक आलोचना गर्दा उपयुक्त होला । हिजो सयौं वर्ष लगाएर बिगारेको व्यथिति आज रातरात भुषाल वा अन्य कुनै लाल आएर बनाउन त्यति सहज पनि छैन । पुँजीको चरित्र दलाल, देश संचालन गर्ने पनि दलाल अनि माफियातन्त्र । यसलाई तोड्न एक वा दुई मन्त्रीबाट सम्भव छैन, भलै भुषालले अधिकारीलाई कालोसूचिमा राख्ने हिम्मत गरेका छन् ।

जनतालाई डेलिभरी दिन अवरोध उत्पन्न गर्ने राजनीतिक दलभित्र रहेको भ्रष्ट संस्कार, प्रधानमन्त्रीय प्रणाली, जनतालाई दास ठान्ने पञ्चायती शैलीको कर्मचारीतन्त्र मात्र होइन कि अधिकार मात्र खोज्ने, कर्तव्य पूरा नगर्ने नागरिकको चेतनाभित्र पनि समस्या छन् । कुनै पनि वाद, गुट, पार्टी वा व्यक्ति केन्द्रीत संस्कार विकासको बाधक तत्व हुन ।

जनतालाई डेलिभरि दिनसक्दा दिल्लीमा केजरीवाल  कुनै वादविना पनि राज्य संचालन गरिरहेको कतै छिपेको छैन । छाता ओढ्ने र ओढाउने विषय तपशिल र गौण कुरा हुन । ओढ्ने र ओढाउनेको सन्दर्भ तथा परिस्थितिको जानकारीविना टिप्पणी गर्नु नकारात्मक मनोग्रन्थीको उपज मात्र हो भन्न सकिन्छ । चेतना भया ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्