एजेन्सी ।
इङ्लिस प्रिमियर लिग फुटबलमा हिजोको खेलमा साविक विजेता लिभरपुलले आर्सनललाई पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ । एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा पाहुना आर्सनललाई खेलमा अग्रता दिलाएका थिए । एन्ड्रयु रोबर्टसनको गल्तीको फाइदा उठाउँदै लाकाजेट्टीले क्लबलाई अघि बढाएका थिए ।
त्यसको तीन मिनेटपछि साडियो मानेले खेल बराबरीमा ल्याए । रोबर्टसनले ३४ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।
खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे ।
शतप्रतिशत जित सहित लिभरपुल ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
यो पनि हेर्नुस्-
मुम्बाइ र बैंगलोरोको रोमान्चक भिडन्त, सुपर ओभरको नतिजा बैंगलोरलाई