चुनावी बहसको पूर्वसन्ध्यामा ट्रम्पलाई करछलीको गलपासो – Janadesh Daily | ePaper

चुनावी बहसको पूर्वसन्ध्यामा ट्रम्पलाई करछलीको गलपासो


राष्ट्रपति डोनाल्ड ट्रम्पले आयकर छली गरेको दाबीसहितको खबर न्यूयोर्क टाइम्समा प्रकाशित भएपछि सो विषय राष्ट्रपति ट्रम्पका लागि चुनावी मुखमा गलपासो बनेको छ ।
ट्रम्पले आफूमाथिको अभियोग ‘फेक न्यूज’ भनि खारेज गरेका छन् ।

न्यूयोर्क टाइम्सल झण्डै दुई दशकको कर सम्बन्धी विवरण प्राप्त गरेको र त्यसमा ट्रम्प तथा उनको कम्पनीले ठूलो कर लगभग तिर्दै नतिरेको देखिएको दाबीसहित खबर प्रकाशित गरेको छ ।

समाचार अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा आयकर बापत मात्रै ७५० डलर तिरेका थिए ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख तथा शीर्ष डेमोक्र्याट न्यान्सी पेलोसीले ट्रम्पले आयकर छली गरेको आरोपित विषय ‘राष्ट्रिय सुरक्षा’ को प्रश्न रहेको बताएकी छन् ।

खबर प्रकाशित भएपछि पेलोसीले ट्रम्पले विदेशी स्वार्थसहितको रकम लिए–नलिएको स्पष्ट हुनु पर्ने बताएकी छन् । यदी दिएको भए त्यो राष्ट्रिय सुरक्षाका लागि अति खतराको विषय रहेको उनले बताएकी हुन् ।

पेलोसीले भनेकी छन्, ‘प्रकाशित खबर अनुसार यी राष्ट्रपतिको ४०० मिलियन डलर ऋण छ । त्यो ऋण कोबाट लिएको? विभिन्न देशबाट? ऋण बापत उनीहरु के लाभ चाहन्छन्? त्यसकारण मेरा लागि यो राष्ट्रिय सुरक्षाको विषय हो र यसले गम्भीर प्रश्न खडा गरेको छ ।’

ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको जानकारी आफूले प्राप्त गरेको न्यूर्योक टाइम्सले बताएको छ ।

सो तथ्यांक अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको देखिएको पत्रिकाले जनाएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको खबरमा दाबी गरिएको छ ।

यो पनि हेर्नुस् – 

साउथ चाइना सीलाई लिएर चीनलाई अमेरिकाको अर्को चेतावनी 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्