कारागारमा आयोगको अनुगमन, अधिकांश कारागार उच्च जोखिममा – Janadesh Daily | ePaper

कारागारमा आयोगको अनुगमन, अधिकांश कारागार उच्च जोखिममा


दाङ ।

राष्ट्रिय मानव अधिकार आयोगले १५ जिल्लाका कारागारमा अनुगमन गरेको छ । कारागारहरूमा संक्रमण बढ्दै गएपछि आयोगले देशभरिका कारागारको अनुगमन थालेको हो । आयोगले अधिकांश कारागारमा सरकारले तोकेकै मापदण्ड लागू नगरिँदा जोखिम उच्च रहेको औँल्याएको छ ।

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले १२ वटा कारागारको अनुगमन गरिसकेको छ । धेरै कारागारमा आइसोलेसन समेत नबनाईएकाले बन्दीहरू उच्च जोखिममा रहेको उहाँको भनाई छ । हालसम्म अनुगमन गरिएका १५ कारागारमध्ये पाँचवटा कारागारमा मात्र आइसोलेसनको व्यवस्था गरिएको पाठकले बताउनुभयो ।

आयोगले २० दिनमा २७ जिल्लाका कारागारको अनुगमन गर्ने निर्णयअनुसार अनुगमन जारी राखेको छ । केही दिनअघि आयोगले कैदीबन्दीको स्वास्थ्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको थियो ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्