भारतमा झण्डै ५१ लाख मानिस कोरोना मुक्त – Janadesh Daily | ePaper

भारतमा झण्डै ५१ लाख मानिस कोरोना मुक्त


घोराही, १३ असोज ।

भारतमा कोरोना सङ्क्रमण भएका झण्डै ५१ लाख निको भएका छन । गएको २४ घण्टामा ६९ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नाघेको छ ।

जसमध्ये ५० लाख ९८ हजार निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार ९ लाख ४८ हजार कोरोनाका सक्रिय बिरामी रहेकामा साढे ८ हजारको अवस्था जटिल रहेको र अरुको अवस्था सामान्य छ ।

९६ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । भारतभन्दा धेरै साढे ७३ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा भने ४६ लाख निको भएका छन । त्यहाँ २ लाख ९ हजारको भने ज्यान गएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ३५ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४८ लाख निको भएका छन । १० लाख ६ हजारको भने ज्यान गएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्