किन हुदैछन् भोलिदेखि अनलाइन कक्षा बन्द – Janadesh Daily | ePaper

किन हुदैछन् भोलिदेखि अनलाइन कक्षा बन्द


जनादेश संवाददाता

निजी स्कुल सञ्चालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै बिहीबारदेखि अनलाइन र दूरशिक्षामार्फत हुँदै आएको पठनपाठन कक्षा साउन १ गतेदेखि बन्द गर्ने बताएका छन्।

प्याब्सन र एनप्याब्सलले साउन १ गतेदेखि नै लागू हुनेगरि विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

असार २१ गते प्याब्सन, एनप्याब्सन, अभिभावक संघ÷संगठन, शिक्षक महासंघ, इस्टु तथा मन्त्रालयका पदाधिकारीसहितको बैठकमा शिक्षामन्त्री पोखरेलले निजी विद्यालयका माग सकरात्मक भएको भन्दै त्यसर्ला सीसीएमसीमा लैजाने भन्दै तत्काल पठनपाठन बन्द नगर्न आग्रह गरेका थिए।

उनीहरुले असार २१ गते भएको सहमतिको एक साता बितिसक्दा समेत कुनै ठोस निकास नआएका कारण अनलाई कक्षा बन्द गर्नुपर्ने बताए।

‘दुवै संगठनका तर्फबाट असार १४ गते समस्या समाधानार्थ शिक्षा मन्त्रालय समक्ष पेश गरेको ज्ञापन–पत्रमा उल्लेखित विषयहरुको सम्बन्धमा असार २१ गते मन्त्रालयमा भएको भद्र सहमतिको एकसाता बितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढदै गएको यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ’, प्याब्सन अध्यक्ष टिकाराम पुरी र एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ २०७७ साउन १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौँ।’

उनीहरुले सरकारले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्रै विद्यालय प्रशासन खुल्ला हुने उल्लेख गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्