नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको वार्ता निष्कर्ष विहीन – Janadesh Daily | ePaper

नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको वार्ता निष्कर्ष विहीन


टिकाराम पोर्खेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अआफ्नो अडानमा रहँदा बुधवार करीव ३ घण्टाको छलफल पनि विना निष्कर्ष टुंगिएको छ ।

बुधबार झण्डै ३ घण्टा ओली प्रचण्डबीच भएको वार्तामा पनि ठोस सहमति नभएपछि शुक्रबार बस्ने भनिएको स्थायी समिति बैठक पनि अनिश्चित भएको छ । साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ ।

दुई दिन बाँकी रहँदा समेत दुई नेताबीच सहमति नजुटेपछि केही स्थायी समिति सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । पटक पटकको बार्ता बिफल भएपछि पाटी कार्यकर्ता निराष भएकाछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्