छिल्लीकोटमा अब टिमुर खेती, ६ हजार बिरुवा रोपिदै – Janadesh Daily | ePaper

छिल्लीकोटमा अब टिमुर खेती, ६ हजार बिरुवा रोपिदै


चन्द्रप्रकाश नेपाली

घोराही । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा टिमुर खेती थालिएको छ । डिभिजन वन कार्यालय दाङले छिल्लीकोटमा टिमुर पकेट क्षेत्र घोषणा गर्दै ६ हजार बिरुवा वितरण गरेको छ ।

स्थानिय ६६ घरधुरीलाई निशुल्करुपमा ६ हजार टिमुरका विरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । मालागेडीको खेती गर्दै आएका छिल्लीकोटबासीले अब टिमुरको खेती पनि गर्ने भएका छन् ।

आर्थिक उपार्जनमा टेवा पु¥याउने र व्यवसायीकरुपमा खेती गर्नका लागि किसानहरुलाई निशुल्करुपमा टिमुरका बेर्ना उपलब्ध गराएको कार्यालय प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभएको छ ।

२० देखि २ सय ५० वटाका दरले ६६ घरधुरीलाई घर सम्मै निशुल्क ढुवानी गरेर हस्तान्तरण गरिएको छ । कृषकले लगाउन अन्य अन्नबाली जंगली जनावरले नोक्सान पु¥याउदै आएपछि उनिहरु टिमुर खेती तर्फ आकर्षित भएका हुन् ।

टिमुर ४ बर्षमै फल्न थाल्ने र जीविकोपार्जनमा सहज हुने वन अधिकृत ज्ञवालीको भनाई छ । कार्यालयले बंगलचुली गाउँपालिका, घोराहीको सैघा र तुल्सीपुरको पहाडी भेगमा यो बर्ष एक लाख टिमुरका बिरुवा रोप्ने लक्ष्य लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्