सलहको नेपाल प्रवेश गर्ने सम्भावना टरेको दाबी – Janadesh Daily | ePaper

सलहको नेपाल प्रवेश गर्ने सम्भावना टरेको दाबी


जनादेश संवाददाता
दाड. । हावाको गति र मौसममा परिवर्तन भएका कारणसलहको ठूलो झुण्ड तत्काल नेपाल प्रवेश गर्ने सम्भावना टरेको विज्ञहरुले बताएका छन् ।

वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले तत्काल नेपालमा सलह नआउने र आए पनि सानो झुण्डले ठूलो क्षति गर्न नसक्ने बताउनुभएको छ ।

आजदेखि हावाको गति परिवर्तन नभए नेपालगञ्ज, कैलाली, जनकपुर र कपिलवस्तुबाट सलहको ठूलो झुण्ड नेपाल आउन सक्ने विज्ञहरुले अनुमान गरेका थिए ।

दुई साताअघि नेपाल भित्रिएको सलहको झुण्डले दाङ सहित विभिन्न जिल्लामा धान, मकै र तरकारीमा क्षति पु¥याएको थियो । सलहको दोस्रो झुण्ड गत शनिबार दाङ र प्युठानमा देखा परेको थियो ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्