एघार फरार अभियुक्त पक्राउ – Janadesh Daily | ePaper

एघार फरार अभियुक्त पक्राउ


कर्णाली ।


कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत ११ फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका तीन तथा आगलागी, कुटपिट र सवारी ज्यानका एकएक गरी छ फरार अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यस्तै जिप्रका मुगुबाट अंशभाग र कुटपिट एकएक, जिप्रका हुम्लाबाट जबर्जस्ती करणी, कालीकोटबाट लागुऔषध र दैलेखबाट बैंकिङ कसुरका एकएक गरी पाँच फरार अभियुक्त पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताउनुभयो । तीन दिनमा प्रदेशका ४२ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उहाँका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्