लिभरपुलले सय अंक छुन नसक्ने – Janadesh Daily | ePaper

लिभरपुलले सय अंक छुन नसक्ने


लन्डन । भर्जिल भान डाइकले गरेको अविश्वसनीय गल्तीमा लिभरपुल बुधबार आर्सनलको हातबाट २–१ ले पराजित भएको छ । आर्सनलले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर जित निकालेको हो ।

यो नतिजापछि यसअघि नै लिग जितिसकेको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा कीर्तिमानी सय अंक छुने नसक्ने भएको छ । लिभरपुलले ३६ खेलबाट ९३ अंक बनाएको छ । बाँकी दुई खेल जिते लिभरपुलले ९९ अंक मात्रै बनाउनेछ । योर्गन क्लोपको लिभरपुलको यो लिगमा सिजनको तेस्रो हार मात्रै हो ।

दर्शकविहीन इमिरेट्समा लिभरपुलले साडियो मानेको गोलले अग्रता लिएको थियो । भान डाइकको गलत पासमा एलेकजान्डर लेकाजेटले बराबरी गोल गरे । लिभरपुल गोलरक्षक एलिसन बेकरको अर्को भूलमा रेस नेल्सनले विजयी गोल गरे ।

बुधबारको अर्को खेलमा टोटनहमले न्युकासल युनाइटेडलाई ३–१ ले हरायो र त्यसमा ह्यारी केनले दुई गोल गरे । यससँगै क्लब फुटबलमा उनको गोल संख्या दुई सय नाघेको छ ।

उनका २ सय १ गोलमध्ये टोटनहमका लागि १ सय ८५ रहेको छ । अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ ले पराजित गर्‍यो भने बर्नली र उल्भ्सले १–१ को बराबरी खेले ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्