युभेन्टस हारबाट जोगियो – Janadesh Daily | ePaper

युभेन्टस हारबाट जोगियो


एजेन्सी । दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’ मा सस्सुलोसँगको हारबाट जोगिएको छ ।एलेक्स सान्द्रोले गोल गरेपछि युुभेन्टस सस्सुलोसँग ३–३ गोलको बराबरी बराबरी खेल्दै हारबाट जोगिएको हो । 

सस्सुलोविरुद्ध गोल गर्न नसक्दा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो लगातार सातौ खेलमा गोल गर्न असफल रहे । यसअघि रोनाल्डोले लगातार ६ खेलमा गोल गरेका थिए । सस्सुलोको मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसका लागि डानिलो, गोन्जालो हिगुआइन र एलेक्स सान्द्रोले गोल गरे । घरेलु टोलीका फिलिप, डोमिनिको बेरारडी र फ्रान्सिस्को कापुटोले गोल गरे ।

रोमाञ्चक बनेको खेलको छैटौ मिनेटमा नै मिरालेम प्यानिचको पासमा डानिलोको गोलबाट युभेन्टसले शुरुवाती अग्रता बनाएको थियो । १२औं मिनेटमा प्यानिचकै पासमा हिगुआइनले गोल गरेपछि युभेन्टसले खेलमा २–० को अग्रता लिन सफल भयो ।

२९औं मिनेटमा घरेलु टोलीका फिलिप डिजुरिसिसले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ५१औं मिनेटमा डोमेनिकोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि नै फ्रान्सिस्कोले गोल गरेपछि युभेन्टस खेलमा पछि परेको थियो । ६४औं मिनेटमा युभेन्टसका एलेक्स सान्द्रोले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा एटलान्टालाई ७ अंकले पछि पारेको छ । युभेन्टसको ७७ तथा एटलान्टाको ७० अंक छ । सस्सुलो ४७ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

अन्य नतिजा

बोलोग्नाविरुद्ध नेपोली (१–१)

एसी मिलाविरुद्ध पार्मा (–१)

साम्पडोरियाविरुद्ध काग्लिएरी (–०)

लेच्चेविरुद्ध फियोरेन्टिना (१–)

रोमाविरुद्ध हेलास भेरोना (–१)

उडिनेसीविरुद्ध लाजियो (०–०)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्