काठमाडौँ ।
सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै अघिल्ला मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै सरकारले उनलाई बेलायतका लागि नेपालको राजदूतमा सिफारिस गरेको छ।
आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले बेलायतको राजदूत हुने निश्चित भएपछि त्यसअघि नै राजीनामा दिएका थिए।
यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपालको राजदूतमा सिफारिस भएका छन्।