काठमाडौँ ।
बिहान बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
मुख्यसचिवबाट आजै राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ। आज बिहान मात्रै लोकदर्शन रेग्मीले मुख्यसचिवकाे पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गरेपछि मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको एक मन्त्रीले बताए ।