एकैदिन ११ फरार प्रतिवादी पक्राउ – Janadesh Daily | ePaper

एकैदिन ११ फरार प्रतिवादी पक्राउ


दमौली ।


जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन ११ फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा बैकिङ कसुर, सवारी ज्यान, सम्बन्ध विच्छेद, जारी मुद्दा र नाता कायम मुद्धाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

बैकिङ कसुर मुद्दामा म्याग्दे गाउँपालिका–१ का चामबहादुर थापा पक्राउ परेका छन् । उच्च अदालत पाटनले विसं २०७६ माघ १७ गतेको थापालाई रु दुई लाख जरीवानाको फैसला सुनाएको थियो । त्यस्तै सवारी ज्यान मुद्धामा भएको फैसलामध्ये आठ दिन कैद र रु दुई हजार जरीवाना तिर्न बाँकी रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार सात, जारी मुद्दामा एक र नाता कायम मुद्धाका एक प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैलाई कैद तथा जरीवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । विभिन्न अपराध एवं मुद्धामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्