२ करोड ५६ लाखले मानिसले जिते कोरोना
एजेन्सी ।
विश्वमा गत २४ घण्टामा ३ लाख भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । विभिन्न देशमा गरी ३ लाख १३ हजार संक्रमित गत २४ घण्टामा थपिएको वर्ल्डोमिटरले जनाएको छ ।
अहिलेसम्म संक्रमित हुनेको कुल संख्या ३ करोड ४४ लाख ६३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० लाख ३२ हजार नाघेको छ ।
गत चौबीस घण्टामा ५ हजार भन्दा बढीको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १० लाख २३ हजार ६ सय भन्दा बढी भएको हो ।
कुन देशमा कति संक्रमित र मृत्यु
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ४६ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार नाघको छ ।
त्यहाँ २४ घण्टामा ९ सय जना भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख १२ हजार ६ सय भन्दा बढी पुगेको छ ।
त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ८१ हजार भन्दा बढी बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ६३ लाख ९१ हजार पुगेको छ ।
त्यहाँ चौबीस घण्टामा १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ९९ हजार नाघेको छ ।
त्यस्तै ब्राजिलमा चौबीस घण्टामा ३५ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको संख्या ४८ लाख ४९ हजार पुगेको छ ।
विश्वमा २ करोड ५६ लाख ४७ हजार मानिसले कोरोनासँगको युद्ध जितेका छन् ।