ब्राउनसुगरसहित भारतीय पक्राउ – Janadesh Daily | ePaper

ब्राउनसुगरसहित भारतीय पक्राउ


बनियानी ।


दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको उहाँले बताउनुभयो । पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्