सुस्मिता हत्या प्रकरण : अभियुक्तहरु पुर्पक्षको लागि जेल चलान – Janadesh Daily | ePaper

सुस्मिता हत्या प्रकरण : अभियुक्तहरु पुर्पक्षको लागि जेल चलान


जनादेश संवाददाता

हेटौँडा । हेटौँडा–४ कर्रा (गर्दोई)की २६ वर्षीया सुस्मिता थापाको हत्या प्रकरणका आरोपित चार जनालाई बुधबार पुर्पक्षका लागि कारागार चलान आदेश भएको छ ।

सोमबारदेखि भएको थुनछेक बहसपछि जिल्ला अदालत मकवानपुरकी जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले पुर्पक्ष थुनाको लागि बुधबार आदेश भएको हो ।

घटनाको मतियारको रुपमा सासू तुलसीकुमारी थापालाई १२ वर्ष कैैद, आमाजू २७ वर्षीया दुर्गा थापा र उनका पति ३४ वर्षीय अरूण कार्र्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग दाबी गरिएको थियो ।

असार २ गते भएको घटनाका चार अभियुक्तलाई असार १५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको थियो ।

आमाजू दुर्गा थापाका पति अरूण कार्की फरार रहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्